Wednesday, November 5, 2025
nHindus
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • कृषि
  • शिक्षा/स्वास्थ्य
  • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • कृषि
  • शिक्षा/स्वास्थ्य
  • विज्ञान/प्राविधि
No Result
View All Result

 dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
No Result
View All Result

भारतीय बजेटका ६ प्राथमिकता

अर्थमन्त्री सीतारमणले बेरोजगारीको चुनौती सामना गर्न तीनवटा नयाँ योजना घोषणा गरेकी छन् । आगामी पाँच वर्षसम्म चल्ने योजनाका लागि दुई हजार करोड रुपैयाँ विनियोजन भएको छ।

न्यूज डेस्क न्यूज डेस्क
July 24, 2024
भारतीय बजेटका ६ प्राथमिकता

८ साउन, नगराइन । लोकसभा चुनावमा बीजेपी नेतृत्वको एनडीएको जितपछि अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट प्रस्तुत गरेकी छन् । यो उनले ल्याएको सातौं बजेट हो ।
मंगलबार सार्वजनिक भएको बजेट अप्रिल १ देखि लागू हुनेछ । बजेटले प्रधानमन्त्री नरेन्द्र मोदीको प्राथमिकतामा परिवर्तन आएको स्पष्ट संकेत गरेको छ । मोदी सरकारको नयाँ बजेटमा ग्रामीण विकास, साना व्यवसायको प्रवर्धन गरेकोछ।
रोजगारीका लागि २ हजार करोडको योजना
अर्थमन्त्री सीतारमणले बेरोजगारीको चुनौती सामना गर्न तीनवटा नयाँ योजना घोषणा गरेकी छन् । आगामी पाँच वर्षसम्म चल्ने योजनाका लागि दुई हजार करोड रुपैयाँ विनियोजन भएको छ ।
औपचारिक क्षेत्रमा पहिलो पटक जागिर खोज्नेहरूलाई सरकारले उनीहरूको पहिलो महिनाको तलबमा १५ हजार सम्मको थप प्रत्यक्ष नगद उपलब्ध गराउने जनाएको छ । सरकारले उक्त रकम ईपीएफओमार्फत कर्मचारीको खातामा जम्मा गर्नेछ ।
यससँगै सरकारले निर्माण कार्यलाई तीव्रता दिन थप दुईवटा कार्यक्रम घोषणा गरेको छ । जसमा सरकारले कर्मचारी र रोजगारदाता दुवैलाई रोजगारी सम्बन्धी प्रोत्साहन दिनेछ ।
स्टार्टअप, मध्यम वर्ग र विदेशी कम्पनीलाई कर छुट
यो निर्णयले भारतमा द्रूत रूपमा बढिरहेको स्टार्टअप उद्धमी खुशी भएको बीबीसी हिन्दीले लेखेको छ । निजी कम्पनीहरूले उठाउने पुँजीमा भएको एन्जल कर हटेको छ ।
यससँगै मध्यमवर्गलाई केही राहत दिँदै सरकारले करका दरमा परिवर्तन गरेको छ । यो घोषणाले सानो आम्दानी गर्नेलाई राहत महसुस गराउने छ । जसअनुसार ३ लाखसम्म आम्दानी गर्नेलाई कर लाग्ने छैन । वार्षिक ३ देखि ७ लाखसम्म कमाउनेलाई ५ प्रतिशत कर लाग्ने छ ।
यो बजेटमा विदेशी लगानीलाई पनि प्राथमिकता दिइएको छ । विदेशी कम्पनीमा लाग्ने कर्पोरेट कर ४० प्रतिशतबाट घटाएर ३५ प्रतिशतमा झारिएको छ ।
सत्तारुढ दललाई रिझाउने प्रयास


बजेटमार्फत भाजपाले सत्तारुढ दुई महत्वपूर्ण सहयोगी दलको माग पूरा गर्ने प्रयास गरेको देखिन्छ ।
बिहारमा भाजपाको सहयोगी जनता दल युनाइटेड र आन्ध्र प्रदेशमा तेलुगू देशम पार्टीलाई खुसी राख्ने प्रयास गरिएको छ ।
अर्थमन्त्री सितारमणले राजधानीको विकासका लागि आन्ध्र प्रदेशलाई १५ हजार करोड रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेकी छन् । थप सहयोग गर्ने समेत जानकारी गराइएको छ ।
यसबाहेक विहारका विमानस्थल, सडक र विद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखिएको छ । यसका लागि २६ हजार करोड रुपैयाँ विनियोजना गरिएको छ ।
वित्तीय घाटा घटाउने लक्ष्य


बजेटले वित्तीय घाटा घटाउने लक्ष्य राखेको छ । खर्चको तुलनामा सरकारको आम्दानीमा कमी हुनुलाई वित्तीय घाटा भनिन्छ ।
यो सरकारको कुल आम्दानी र खर्चको अन्तर हो । सरकारले आफ्नो स्रोतभन्दा बढी खर्च गर्दा वित्तीय घाटाको अवस्था सिर्जना हुन्छ ।
यो वर्षको बजेटमा वित्तीय घाटा ४।९ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको छ । गत वर्षको बजेटमा ५।१ प्रतिशतको लक्ष्य थियो ।
भारतीय रिजर्व बैंकले सरकारलाई दिएको २।११ लाख करोड रुपैयाँको लाभांशले यो घाटा कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसबाट सरकारले खर्च कटौती नगरी घाटा कम गर्ने आफ्नो लक्ष्य भेटाउने बताइएको छ ।
पूर्वाधार विकासमा जोड
भारत सरकारले आर्थिक वर्ष २०२४र२५ का लागि ४८,२०,५१२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये पुँजीगततर्फ ११,११,११ करोड रुपैयाँ रहेको छ ।
यो वर्षको पुँजीगततर्फ छुट्याइएको बजेटमा यो १६।९ प्रतिशतले बढी हो ।
अर्थशास्त्री तथा क्वाइन्टइको रिसर्चका संस्थापक शुभदा राव भन्छिन्, ‘यो बजेटले सरकारको ध्यान रोजगारी, साना व्यवसाय र समाज कल्याणमा केन्द्रित भएको स्पष्ट पार्छ ।’
सेयर बजारका लागि नराम्रो खबर
बजेटमा सबै वित्तीय तथा गैरवित्तीय सम्पत्तिमा दीर्घकालीन पुँजीगत लाभमा लाग्ने कर १० प्रतिशतबाट बढाएर १२।५ प्रतिशत पुर्‍याइएको छ ।
भारतमा एक वर्षभन्दा बढी समयसम्म राखिएको सम्पत्तिलाई दीर्घकालीन भनिन्छ ।
अल्पकालीन पुँजीगत लाभमा लाग्ने कर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ । सितारमणले ल्याएको यो बजेटले डेरिभेटिभ कारोबारमा धितोपत्र कारोबार कर पनि बढाएको छ ।
भारतीय सेयर बजारका साना लगानीकर्ताले यसले राम्रो संकेत नगरेको प्रतिक्रिया दिएका छन् । सीप, रोजगारी र कृषिमा केन्द्रित गरिएको छ ।

 

तपाईको प्रतिक्रिया !

भर्खरै

रा नि मा वि नगराईनका ब्याच ४३/४४ द्वारा मित्र मिलन!

रा नि मा वि नगराईनका ब्याच ४३/४४ द्वारा मित्र मिलन!

तर्पण विधि

तर्पण विधि

रामुपा नेपालद्वारा धनुषा जिल्ला समिती विस्तार।

रामुपा नेपालद्वारा धनुषा जिल्ला समिती विस्तार।

धारिलो हतियार प्रहार गरि युवतीको हत्या!

धारिलो हतियार प्रहार गरि युवतीको हत्या!

oli and bidya

पूर्वराष्ट्रपति भण्डारी च्यासलमा एमाले अध्यक्ष ओलीसँग भेटवार्ताका लागि जाँदै, सक्रिय राजनीतिमा फर्किने संकेत?

गुल्मी महोत्सव २०८२: २४ लाख नाफा, ४५ हजार दर्शक सहभागी

गुल्मी महोत्सव २०८२: २४ लाख नाफा, ४५ हजार दर्शक सहभागी


यो वेबसाइट नेपाली भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य …विस्तृत

हाम्रो बारेमा

हिन्दुस् मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9844577900

दर्ता विवरण

कम्पनी रजिस्ट्रार कार्यालय दर्ता :-३२९२८०/८०/८१
राजस्व कार्यालय दर्ता नं:-६१९८६७६७०/८०/८१
आम संचार प्राधिकरण दर्तानं:-००३४/८०/८१
मिडिया काउन्सिल दर्ता नं: ४८/२०८०/८१

हाम्रो टीम

संचालक:-प्रेम चन्द्र झा
संपादक:-प्रतिष्ठा झा
मधेश प्रदेश ब्युरो प्रमुख:-पारस झा
कोशी प्रदेश ब्युरो प्रमुख-प्रद्युम चन्द्र झा

  • Developed by: ProTech

© 2022 nHindus

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • कृषि
  • शिक्षा/स्वास्थ्य
  • विज्ञान/प्राविधि