Wednesday, November 5, 2025
nHindus
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • कृषि
  • शिक्षा/स्वास्थ्य
  • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • कृषि
  • शिक्षा/स्वास्थ्य
  • विज्ञान/प्राविधि
No Result
View All Result

 dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
No Result
View All Result

आज माघी अर्थात मकर संक्राती ।

न्यूज डेस्क न्यूज डेस्क
January 14, 2025
आज माघी अर्थात मकर संक्राती ।

आज माघी अर्थात मकर संक्राती
नगराईन, माघ १।माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ। यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, जमुनी ,दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटहरूमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ। भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरि घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ। मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्। महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन्। शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा पस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ। महाभारतका अनुसार भीष्मले यही दिन मृत्यु रोजेका थिए भने, भगिरथले सोही दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ।
माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ । हुन त यो प्रचलन नयाँ होइन | प्राचीन कालमा गतेको प्रचलन न आउँदा तिथि अनुसारका वास्तविक माघ महिनाबाट नयाँवर्ष शुरू हुन्थ्यो र पुष कृष्ण औंसीमा वर्षान्त हुन्थ्यो | वेदांग ज्योतिषमा भनिएको छ- माघशुक्लप्रन्नस्य पौषकृष्णसमापिनः| युगस्यपञ्चवर्षस्य कालज्ञानं प्रचक्षते | माघशुक्ल प्रतिपदाबाट नयाँ आर्थिक कार्यनीति शुरु भै पौषकृष्ण औंसीमा सक्किने खालको हुन्थ्यो | यस्ता पञ्चवर्षात्मक कार्ययोजनाहरू लागु गरिन्थे| माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् अन्य व्यवहारहरूको नवीकरण गरिन्छ ।

तपाईको प्रतिक्रिया !

भर्खरै

रा नि मा वि नगराईनका ब्याच ४३/४४ द्वारा मित्र मिलन!

रा नि मा वि नगराईनका ब्याच ४३/४४ द्वारा मित्र मिलन!

तर्पण विधि

तर्पण विधि

रामुपा नेपालद्वारा धनुषा जिल्ला समिती विस्तार।

रामुपा नेपालद्वारा धनुषा जिल्ला समिती विस्तार।

धारिलो हतियार प्रहार गरि युवतीको हत्या!

धारिलो हतियार प्रहार गरि युवतीको हत्या!

oli and bidya

पूर्वराष्ट्रपति भण्डारी च्यासलमा एमाले अध्यक्ष ओलीसँग भेटवार्ताका लागि जाँदै, सक्रिय राजनीतिमा फर्किने संकेत?

गुल्मी महोत्सव २०८२: २४ लाख नाफा, ४५ हजार दर्शक सहभागी

गुल्मी महोत्सव २०८२: २४ लाख नाफा, ४५ हजार दर्शक सहभागी


यो वेबसाइट नेपाली भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य …विस्तृत

हाम्रो बारेमा

हिन्दुस् मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9844577900

दर्ता विवरण

कम्पनी रजिस्ट्रार कार्यालय दर्ता :-३२९२८०/८०/८१
राजस्व कार्यालय दर्ता नं:-६१९८६७६७०/८०/८१
आम संचार प्राधिकरण दर्तानं:-००३४/८०/८१
मिडिया काउन्सिल दर्ता नं: ४८/२०८०/८१

हाम्रो टीम

संचालक:-प्रेम चन्द्र झा
संपादक:-प्रतिष्ठा झा
मधेश प्रदेश ब्युरो प्रमुख:-पारस झा
कोशी प्रदेश ब्युरो प्रमुख-प्रद्युम चन्द्र झा

  • Developed by: ProTech

© 2022 nHindus

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • कृषि
  • शिक्षा/स्वास्थ्य
  • विज्ञान/प्राविधि