Wednesday, November 5, 2025
nHindus
Advertisement
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • कृषि
  • शिक्षा/स्वास्थ्य
  • विज्ञान/प्राविधि
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • कृषि
  • शिक्षा/स्वास्थ्य
  • विज्ञान/प्राविधि
No Result
View All Result

 dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
No Result
View All Result

रमेश तिम्रो सहादत खेर जादैछ,फर्की आउ।

न्यूज डेस्क न्यूज डेस्क
January 18, 2025
रमेश तिम्रो सहादत खेर जादैछ,फर्की आउ।

रमेश तिम्रो सहादत खेर जादैछ,फर्की आउ
जनकपुरधाम,माघ ५।आज भन्दा १८ बर्ष पहिले आजैको दिन अर्थात माघ ५ गते मधेशका उर्जावान युवा देशलाई नश्लियताबाट संघियता र समानुपातिक अधिकारको आन्दोलनलाई उर्जा दिने अभियान (मधेश बन्द) को क्रममा लहानको चौकमा सरकारी गोलिका सिकार भएका थिए ।अधिकार र पहिचानको लागि सरकारी बन्दुकको नाल अगाडि आफ्नो छाती देखाउने ती योद्धा थिए रमेश महतो ।शाहीद महोतोको सहादतबाट प्राप्त उपलब्धीको समयसमयमा लेखाजोखा हुनु आवश्यक छ ।
त्यही सहादतले ६३ मा मधेश जनबिद्रोहको जन्म दियो र त्यही सहादतको जगमा संकडो युवाले खुशीखुशी आफ्नो आहुती दिए र बिद्रोहको लक्ष्य बन्यो आफ्नो मधेश सरकार ,एक मधेश स्वायत्त प्रदेश,हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व जुन लक्ष्यको केही अधिकार २२ बुदे र ८ बुदे सम्झौताले आन्तरिक सम्बिधानको पानामा इंकित गरियो र संबिधानमा संघीय शब्दले ठाउँ पायो तर जब सम्बिधान सभाबाट रमेशको सपना साकार हुने बखत आयो तबसम्म संघीयता पक्षधर शक्ति तत्कालीन मधेशी जनाधिकार फोरम नेपाल टुक्राटुक्रामा बाडिन पुग्यो। मधेशी नेतामा नेतृत्वको लागि चलेको होडबाजी र संघीयता बिरोधिको गठजोरको सिकार बनेको पहिलो सम्बिधान सभाकै घाँटी निमोठियो र नया प्रपंचको साथ शुरु भो दोश्रो संबिधान सभाको निर्वाचन जसमा संघीयता पक्षधरलाई निर्वाचन मै हुत्याईयो र सभाको कमान पुरानो संघीयता बिरोधी गठजोरको हातमा पुर्याईयो,पुरानो शक्तिहरुको पुनर उदयसंगै रमेशको सपनासंग १६ दिनको निरन्तर बालात्कार गरियो र संघीयता सापेक्षित संबिधान ल्याइयो जस भित्रमा नया जिल भित्र पुरानो उपन्यास थियो।कोहि दिवाली मनाए,कोहि उत्कृष्ट संबिधानको संज्ञा दिए,कोहि ताली पडकाएर स्वागत गरे त कोहि कालो दिन मनाए ।
यो संगै शुरुभो संघीयताको अभ्यास ,जसमा ७ प्रदेशमा देशको बागडोर बिभाजन गरियो ,हुनत मह केन्दमा थन्काएर माहुरीको चाका मात्रै प्रदेशलाई बुझाइयो ।
रमेशको एक मधेश स्वायत्त प्रदेशको सपना त्यही चुहाइयो तरपनि केही जागरिला युवा प्रदेशसभा सदस्यहरु ८ जिलाकै भएपनी मधेश सरकारको बोर्ड झुंड्याउने वातावरण बनाए र नामाकरणसम्म गरे तर बाकी ६ ओटा प्रदेशमा रमेशको सपनाको बलात्कार अझै हुदैछ।यता मधेश प्रदेश बन्यो उता मर्सिया बाट फोरम बनेका मधेशिको नाम पनि बदल्दै धोतिमा बेरियो र मधेश प्रदेशको अधिकार कटौती गर्ने खेलको गति पनि नश्लिय सोचले ह्वात्तै बढायो ।कहिले अस्थिर कर्मचारीतन्त्रको प्रवाह गरेर कहिले बजेटमा कटौती गरेर ,त्यसमा थप प्रदेशका सभाभित्र भ्रष्टाचार जोनको खोजी यहि प्रदेशमा बनाउनु पर्ने माग हाउसमै राखेर अझै संघीयताको इज्जेतलाई तारतार गरियो र संघीयता बिरोधीलाई बल दिइयो।
रमेशको सपना प्राप्तिको महायज्ञमा सहादत दिवसमा मनाईने बलिदानी दिवस सरकारले मनाउदैन,मधेश स्वाभिमान दिवस मनाउदैन, मधेश स्वास्थ बिज्ञान प्रतिष्ठान संकटमा छ ,मधेश कृषि विश्वविद्यालय अलपत्र,मधेश विश्वविद्यालय धरासायी ,भ्रष्टाचार चरम बिन्दुमा छ भने आफ्नो प्रहरी बिनाको सरकार झण्डा हल्लाउने गाडिमै केन्द्रीय प्रहरिको बिचमा मस्त छन ।
अब तिमी सपनारहित रमेश!किन बस्नु परलोक फर्की आउ फेरि मधेश बिद्रोह लिएर आउ ,ती सपनाका बलात्कारीहरुको बिनाश गर्न आउ ,नया मधेश निर्माण गर्न आउ नत्र यी दानवहरु रहेक योजनामा कमिसन खान पल्की सके आमाको दूध खान नि कमिसन माग्लान र तिम्रो आमालाइ कमिसनमा दिएको भैंसी समेत खोस्लान ,आउ रमेश फर्की आउ।

तपाईको प्रतिक्रिया !

भर्खरै

रा नि मा वि नगराईनका ब्याच ४३/४४ द्वारा मित्र मिलन!

रा नि मा वि नगराईनका ब्याच ४३/४४ द्वारा मित्र मिलन!

तर्पण विधि

तर्पण विधि

रामुपा नेपालद्वारा धनुषा जिल्ला समिती विस्तार।

रामुपा नेपालद्वारा धनुषा जिल्ला समिती विस्तार।

धारिलो हतियार प्रहार गरि युवतीको हत्या!

धारिलो हतियार प्रहार गरि युवतीको हत्या!

oli and bidya

पूर्वराष्ट्रपति भण्डारी च्यासलमा एमाले अध्यक्ष ओलीसँग भेटवार्ताका लागि जाँदै, सक्रिय राजनीतिमा फर्किने संकेत?

गुल्मी महोत्सव २०८२: २४ लाख नाफा, ४५ हजार दर्शक सहभागी

गुल्मी महोत्सव २०८२: २४ लाख नाफा, ४५ हजार दर्शक सहभागी


यो वेबसाइट नेपाली भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य …विस्तृत

हाम्रो बारेमा

हिन्दुस् मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9844577900

दर्ता विवरण

कम्पनी रजिस्ट्रार कार्यालय दर्ता :-३२९२८०/८०/८१
राजस्व कार्यालय दर्ता नं:-६१९८६७६७०/८०/८१
आम संचार प्राधिकरण दर्तानं:-००३४/८०/८१
मिडिया काउन्सिल दर्ता नं: ४८/२०८०/८१

हाम्रो टीम

संचालक:-प्रेम चन्द्र झा
संपादक:-प्रतिष्ठा झा
मधेश प्रदेश ब्युरो प्रमुख:-पारस झा
कोशी प्रदेश ब्युरो प्रमुख-प्रद्युम चन्द्र झा

  • Developed by: ProTech

© 2022 nHindus

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • अर्थ
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • कृषि
  • शिक्षा/स्वास्थ्य
  • विज्ञान/प्राविधि