मन्त्री र सचीवको गोरु जुझाईको शिकार बन्दै मधेशी जनता
जनकपुरधाम,माघ,१५। मधेश प्रदेशका मन्त्री र सचीवको जुझाईको मारमा परेका मधेशका जनता विकासबाट बंचित भएका छन ।
मधेश प्रदेशका अधिकांस मन्त्रालयको कामकाज आर्थिक बर्षको ६ महिना बित्दासम्म शून्य नै छ ।यसको प्रमुख कारक तत्वहरु मध्ये एक नम्बरमा सम्बन्धित मन्त्रालयका सचीव र मन्त्री बीचको गोरु जुझाई नै हो ।


सचीवहरु कानुनको कुरो गर्दा मन्त्री ज्युहरु कानु ( गैरकानुनी )काम गर्न बाध्य गर्ने हुनाले मन्त्रालयको काम अझै ठप्प छ।
मन्त्रालयका सचीवहरुको भाषा सापटी लिने हो भने मन्त्रीज्युलाई हरेक योजनामा कमिसन खोज दिनुपर्ने ,कार्यकर्तालाई नै कामको जिम्मा दिनुपर्ने र कानुन मिचेर भएपनी काम हुनैपर्ने माग रहेको हुन्छ।
अधिकांस मन्त्रालयले कार्यबिधी बनाउदा एउटा कानुन तर काम गर्दा कानुन भन्दा बढी मन्त्रीले आफ्नो मनोपरी गर्न खोज्नु नै कामको अबरोधक रहेको नाम नबताउने शर्तमा एक कर्मचारीले बताएका छन ।
यसको एउटा उदाहरणिय घटना थियो पुर्व अर्थमन्त्री बिजय यादव र सचीव बिद्यानाथ झा बीचको कार्यबिधिको जुझाई, एक कर्मचारीको भनाईमा यस्तो घटना अधिकांस मन्त्रालयमा अझै हुने गरेको छ।
मन्त्रीहरुको मनपरितन्त्रले गर्दा मन्त्रालयको कमिसन न आउने अधिकांस योजना फ्रीज हुने गरेको छ।
विगतको सरकारको कमिसन काण्डले व्यापक बाजार पाउँदा त्यसको पर्दाफास त भयो तर अहिले सम्म कार्बाही प्रक्रिया अगाडि नबढेको ले वर्तमान मन्त्रीहरुको मनोबल अझै बढाएको निर्माण व्यवसायीको ठम्याई छ।
आम मधेशीको जिज्ञासा छ जाडो बित्न लाग्यो तर मौसमको मारमा परेका गरिबी रेखामुनिका ले के राहत पायो? ,किसानले के क्षतिपूर्ति पायो?,महिला सशक्तीकरणको लागि के गर्नु भो?
सरकारका सहभागी मन्त्रीहरु झण्डाबाला गाडीमा होटेल चहार्दै हिडेको व्याख्या प्रदेशसभाका एक सदस्यले सभामा नै गरेका हुन तैपनी छानबिन समिती गठन भएन किन?













