पाटिमा प्रश्न लेखेर परीक्षा लिन बाध्य नगराईनका शिक्षक
नगराईन ,असाढ २४। नगराईन नगरपालिकाको विद्यालयहरुमा प्रश्न सेतोपाटी मै लेखेर परिक्षा हुदैछ।नगराईन नगरपालिकाका विद्यालयहरुमा अहिले प्रथम त्रेमासिक परिक्षा चल्दैछ तर विद्यालयको लागि आवश्यक पर्ने मसलन्द तथा स्टेसनरी सामग्री खरिद गर्ने बजेट नगरपालिकाले निकासा नगरेको कारण त्यहाका विद्यालयहरुमा शिक्षकले प्रश्नपत्र छपाउन सकेका छैनन र परिक्षा बोर्डमै प्रश्न लेखेर लिईदै छ।
नगराईन नगरपालिकाको विद्यालयहरुका शिक्षकको बिथिती बुझिदिने यहाँ कोहि जनप्रतिनिधि नरहेको गुनासो यहाका शिक्षकहरुको छ।
विगत बर्ष ५ महिना पाछी तलब पाएका कारण यहाको एस ई ई रिजल्ट जम्मा २२.४०% आएको कुराको जिम्मेवार यहाका जनप्रतिनिधि रहेको कुरा यहाका मेयरले स्विकार्दै आफुलाई एमालेको बहुमतको कारण यो परिस्थिति श्रीजना भएको बताउदै आएका छन ।
एकातिर पालिकाले विद्यालयलाई निशुल्क क्षेत्र घोषणा गरेको छ अर्को तिर स्टेसनरी समेत उपलब्ध गराउन सकेको छैन ।अब शैक्षिक वातावरण कसरी बनाउने जिज्ञासा यहाका प्रधानाध्यापकहरुको छ।













